नयाँ हलबाट बजेट भाषण नहुने, काम चलाऊ हलबाटै हुने



काठमाडौँ । शुक्रबार(भोलि) सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुँदैछ ।

यसपटकको बजेट भाषण नयाँ हलबाट गर्ने तयारी सरकारले गरिरहेको थियो ।

अन्तत: प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।

प्रतिनिधिसभा बैठक चलिरहेको काम चलाऊ हलबाट वाचन हुने देखिएको छ।

प्रकाशित मिति : जेष्ठ १४, २०८३ बिहीबार  २ : २२ बजे