काठमाडौँ । सरकारले आयकर छुटको सीमा वृद्धि गरेको छ ।
आज (शुक्रबार) सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकरसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेका हुन् ।
यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्याइएको छ ।














