आयकर छुटको सीमा बढ्यो, न्यूनतम कर लाग्ने आय १० लाख पुर्‍याइयो



काठमाडौँ । सरकारले आयकर छुटको सीमा वृद्धि गरेको छ ।

आज (शुक्रबार) सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकरसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेका हुन् ।

यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०८३ शुक्रबार  ४ : ३५ बजे