काठमाडौँ । सरकारले निजामती, सेना, प्रहरी, शिक्षक लगायत सम्पूर्ण सरकारी कर्मचारीहरूको तलबमा २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरूको खरिद शक्ति कायम राख्न र कार्यक्षमता बढाउन तलब वृद्धिको घोषणा गरेका हुन् ।
बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले कर्मचारीहरूले खाइपाइ आएको महँगी भत्तालाई समेत परिमार्जनसहित निरन्तरता दिने बताए । जसअनुसार साविकको महँगी भत्तालाई यथावत् राख्दै थप १० प्रतिशतले महँगी भत्ता वृद्धि गरिएको छ ।














