टिकटकर तुलसा अधिकारी पक्राउ



काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार थाइल्यान्डबाट पक्राउ परेकी अधिकारीलाई राति नै काठमाडौं ल्याइएको हो ।

उनलाई शनिबार राति नेपाल ल्याइएको र अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो ।अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए ।

प्रकाशित मिति : जेष्ठ १७, २०८३ आईतबार  १० : ०० बजे