रास्वपाले गठन गर्‍यो महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ ।

असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको व्यवस्थापनको लागि विभिन्न १८ उपसमितिहरू गठन गरिएको हो ।

यस्ता छन् उपसमिति–

१. कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति
२. गुनासो व्यवस्थापन उपसमिति
३. प्रतिवेदन तथा प्रस्ताव मस्यौदा उपसमिति
४. आर्थिक व्यवस्थापन उपसमिति
५. महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति
६. कानुनी समन्वय उपसमिति
७. प्रचारप्रसार तथा सञ्चार समन्वय उपसमिति
८. सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति
९. सूचना प्रविधि उपसमिति
१०. आवास तथा भोजन व्यवस्थापन उपसमिति
११. अतिथि सत्कार उपसमिति
१२. हल तथा मंच व्यस्थापन उपसमिति
१३. स्वास्थ्य सेवा उपसमिति
१४. संस्कृतिक कार्यक्रम उपसमिति
१५. यातायात व्यवस्थापन उपसमिति
१६. स्थानीय समन्वय सहकार्य उपसमिति
१७. अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति
१८. अनुशासन उपसमिति

प्रकाशित मिति : जेष्ठ १८, २०८३ सोमबार  १२ : ३३ बजे