काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तत्काल संसदमा माफी माग्नुपर्ने माग गरेको छ ।
सोमवार प्रतिनिधि सभा बैठक शुरु हुने वित्तिकै बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग गरेका हून् ।
प्रमुख सचेतक महरले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि दबाब दिए।
उनले नेपालले कुनैपनि मुलुकको एक इन्च भूमि पनि नमिचेको दावी गर्दै ती तथ्यहरुको हेक्का राख्न पनि प्रधानमन्त्री साहलाई सचेत गराए । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको तथ्य अध्ययन गर्न पनि प्रधानमन्त्री साहलाई प्रमुख सचेतक महरले सचेत गराए।














