भाजपा मुख्यालयमा रवि लामिछानेलाई भव्य स्वागत



काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टीको मुख्यालयमा भव्य स्वागत गरेका छन् ।

मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर भव्य स्वागत गरिएको हो ।

भाजपा मुख्यालयमा लामिछानेलाई पार्टीका अध्यक्ष नितिन नवीन सहितका पदाधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा उनले मुख्यालयको अवलोकन गर्नुका साथै भाजपा नेतृत्वसँग विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित मिति : जेष्ठ १९, २०८३ मंगलबार  १२ : २४ बजे