प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म संसद बैठक चल्न दिँदैनौः काँग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टमबाट नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ भनि दिएको अभिव्यक्ति फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले यस्तो चेतावनी दिएका हून् ।

उनले प्रधानमन्त्री राष्ट्रियतासँग सम्बन्धित यस्तो संवेदनशील विषयमा गम्भिर खालको अभिव्यक्ति दिएकाले त्यसबारे माफी नमागी संसद बैठक अघि बढाउन नसकिने स्पष्ट पारे ।

उपनेता शाहले प्रधानमन्त्री साहमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिने कुरा सैह्य नहुने पनि बताए ।

प्रकाशित मिति : जेष्ठ १९, २०८३ मंगलबार  ३ : २९ बजे