वीरगन्जका मेयरलाई धरौटीमा छोड्न आदेश



काठमाडौं। वीरगञ्ज महनगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सो आदेश दिएको हो ।

सिंहविरुद्ध अदालतमा दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । जसमध्ये लिखत किर्तेसम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेस गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ ।

मंगलबार बिहान सवा ६ बजे पर्साको ठोरीबाट जिल्ला प्रहरी कार्यालयको टोलीले मेयर सिंहलाई पक्राउ गरेको थियो । पक्राउ परेकै दिन प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो ।

प्रकाशित मिति : जेष्ठ १९, २०८३ मंगलबार  ४ : ४७ बजे