काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ ।
मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले नेपालको दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरु भएको कुरा आएको भन्दै त्यसले सीमा सम्बन्धि विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गरे ।
महामन्त्री बुर्लाकोटीले रास्वपाले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा स्पष्ट रहेको पनि बताए। उनले प्रधानमन्त्री साहले उक्त विषयमा समय आएपछि जवाफ दिने बताउँदै विपक्ष दलहरुले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताए ।














