लुम्बिनी प्रदेश सरकारका ४ मन्त्रीले दिए राजीनामा



काठमाडौं ।लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् ।

एमालेका तर्फबाट लुम्बनी सरकारमा मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा दिएका हुन्। 

प्रकाशित मिति : जेष्ठ २०, २०८३ बुधबार  ११ : ४४ बजे