गन्यापधुरा गाउँपालिका बित्तिय अनुशासनमा उत्कृष्ट, सुदुरपश्चिम प्रदेशकै कम बेरुजु



डडेल्धुरा । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका पुन: सुदुरपश्चिमकै कम बेरुजु राख्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ मा गन्यापधुरा गाउँपालिका पुन सुदुरपश्चिमकै कम बेरुजु राख्न सफल भएको हो ।

महालेखाको प्रतिवेदन अनुसार गन्यापधुरा गाउँपालिका प्रत्येक वर्ष लगातार कम बेरुजुसहित सुशासनउन्मुख देखिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा लेखा परिक्षण गरेको रकमको जम्मा ०.२९ प्रतिसत रकम मात्रै बेरुजु देखिएको छ ।

०.२९ प्रतिसत बेरुजु भनेको सुशासनका दृष्टिले महत्वपुर्ण रहेको आर्थिक क्षत्रका जानकारहरु बताउछन् ।

महालेखाले सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्ष २०७९/०८० को ६१औं वार्षिक प्रतिवेदन अनुसार पनि गन्यापधुरा गाउँपालिकामा सुदुरपश्चिम प्रदेशकै सबै भन्दा कम बेरुजु देखिएको थियो । महालेखाको अघिल्लो आर्थिक वर्ष २०७९/०८० को ६१औं वार्षिक प्रतिवेदन अनुसार गन्यापधुरामा लेखा परिक्षण गरेको रकमको जम्मा ०.२० प्रतिसत रकम मात्रै बेरुजु देखिएको थियो।

महालेखाको प्रतिवेदनलाई आधार मान्दा सुदुरपश्चिम प्रदेशका जम्मा ८७ स्थानिय तहमध्य गन्यापधुरा गाउँपालिका बित्तिय अनुशासनमा उत्कृष्ट देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले प्रचलित कानुन बमोजिम रीत नपुर्‍याई गरेको कारोबार वा राख्नुपर्ने लेखा नराखी अनियमित तरिकाले गरेको आर्थिक कारोबारलाइ बेरुजु देखाउने गरेको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८३ बिहीबार  १० : ०४ बजे