रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किर्एलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जान लागेका हुन् । ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधवार नयाँदिल्लीमा भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले खनालको भ्रमणबारे जानकारी गराएका हुन् ।

सभापति लामिछानेसँगै भारत भ्रमण टोलीमा रहेका रास्वपा सचिवालय सदस्य बोहराले परराष्ट्रमन्त्री खनालको यस पटकको भारत भ्रमणका क्रममा नेपाल-भारत द्विपक्षीय हितका सबै महत्त्वपूर्ण विषयहरूमा ‘चेकलिस्ट’ नै बनाएर ठोस रूपमा काम गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति : जेष्ठ २१, २०८३ बिहीबार  १० : ०७ बजे