सार्वजनिक लेखा समितिको बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

आज बस्ने भनिएको बैठक समिति सभापति भरतबहादुर खड्काले कोरम नपुग्ने अवस्था देखिएपछि बैठक बस्दै नबसी स्थगित गरेको जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८३ बिहीबार  १२ : ३२ बजे