टी-२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक



काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी(२०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

मलेसियाविरुद्ध जारी खेलमा उनले ४४ बलमा शतक बनाएका हुन्। उनले १० चौका र ७ छक्का प्रहार गरे।

टी २० आईमा उनको यो तेस्रो शतक हो। यसअघिको खेलमा उनले चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए।

नेपाल र मलेसिया दुवै टोली एसियन गेम्समा छनोट भइसकेका छन्।

प्रकाशित मिति : जेष्ठ २१, २०८३ बिहीबार  २ : १० बजे