काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणासहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले राप्रपासँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्ने समूहमा महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहित केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा कार्यकर्ताहरू रहेका छन्।




















