काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल जेठ २२ गते शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्।
भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा तीन दिने भ्रमणका लागि खनाल नयाँ दिल्ली जान लागेका हुन्।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।














