काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाने भएका छन् ।
परराष्ट्रमन्त्री खनाल दिउँसो २ः३० बजे भारत भ्रमणका लागि प्रस्थान गर्नेछन् ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।














