काठमाडौं, जेठ २२ । । प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर छाडेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई विहिबार नियन्त्रणमा लिएर दिनभर सोधपुछपछि छाडेको हो ।
उनीमाथि करिब ७ घण्टासम्म सोधपुछ चलेको थियो ।
आफूलाई मुख्यसचिव बनाउन माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सिधै एसएमएस (मिसिन म्यासेज) पठाएपछि ‘चेन अफ कमाण्ड’ मिचेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई बिहीबार साँझ कपनस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको थियो ।














