प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसद आउन नसक्ने बताएका छन् ।

सोमवार सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्ष दलहरुले राखेपछि उनले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताएका हून् ।

सभापति लामिछानेले सरकारको तर्फबाट उक्त विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने पनि बताए।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  १ : ३६ बजे