काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख १ हजार ९०० सय रुपैयाँ कायम छ । सोमबार सुनको मूल्य तोलामा दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।














