काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अर्थ मन्त्रालयबाट बजेट चुहावट तथा हेरफेर भएको आरोप लगाउँदै पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले संसदीय छानबिन समितिको माग गरेका छन् ।
आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन् ।
“पुरानाले गल्ती गरे भन्दै नयाँले पनि गल्ती गर्न पाइन्छ रु अर्थमन्त्रीले फाइल खोल्ने कुरा गर्नुभएको छ, खोलौँ, मेरै कार्यकालदेखि नै खोलौँ,” पुनले भने।
पुनले बजेट निर्माण प्रक्रियामा भएको भनिएको हेरफेरबारे सत्यतथ्य सार्वजनिक गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे।














