काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, ७ जनाको मृत्यु,



काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२, बुच्चाकोटमा आज भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले जानकारी दिए।

प्रकाशित मिति : जेष्ठ २९, २०८३ शुक्रबार  ३ : ३४ बजे