काभ्रे बस दुर्घटना: मृतकको संख्या ८ पुग्यो



काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा थप एक जनाको शव फेला परेको हो । 

दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए । 

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रकाशित मिति : जेष्ठ २९, २०८३ शुक्रबार  ४ : ४४ बजे