अमेरिका–इरान सम्झौता कुटनीतिको प्रतिफलः पाकिस्तानले स्विट्जरल्याण्डमा हस्ताक्षर समारोहको आयोजना गर्ने



काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमवार पाकिस्तानले आगामी शुक्रवार स्विट्जरल्यान्डको जेनेभामा अमेरिका र इरानबीचको सम्झौताको आधिकारिक हस्ताक्षर समारोहको आयोजना गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री सरिफले पाकिस्तानी संसदको तल्लो सदनलाई सम्बोधन गर्दै भने, “अमेरिका–इरान समझदारी पत्रको आधिकारिक हस्ताक्षर समारोह आउँदो शुक्रवार, जुन १९ मा स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुनेछ र यस समारोहको आतिथ्यता पाकिस्तानले गर्नेछ ।”

उनले यो समझदारी दुई पक्षबीचको द्विपक्षीय सम्झौता मात्र नभई कूटनीतिको ठूलो सफलता भएको बताए। उनले धेरै पटक यो शान्ति प्रक्रिया बिग्रने जोखिम देखिए पनि निरन्तरको कूटनीतिक प्रयासले यसलाई सही दिशामा राख्न मद्दत गरेको उल्लेख गरे।

प्रकाशित मिति : असार २, २०८३ मंगलबार  १० : १९ बजे