काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी चर्चित मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको थुनछेक बहस आज विशेष अदालतमा हुने भएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा आज बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
थुनछेक बहसपछि अदालतले थुनामा पठाउने या धरौटीमा छाड्ने कुनै एक निर्णय गर्नेछ ।














