राहदानी विभागका हाकिमहरुलाई पुर्पक्षका लागि चार दिन थुन्ने अनुमति



काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ।

अदालतले चार दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

विशेष अदालतले राहदानी छपाइमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार पक्राउ गरि आजै उनिहरुलाई विशेष अदालतमा पेस गरेर चार दिन थुनामा राख्रने अनुमति लिएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारदेखि नै लागू हुने गरी उक्त म्याद थप गरेको हो।

प्रकाशित मिति : असार २, २०८३ मंगलबार  ७ : ५३ बजे