रास्वपाको कर्णाली प्रदेश सभापतिमा खड्का विजयी



कर्णाली, असार ३ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन् ।

आज यहाँ सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी भएका हून ।

कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गरेका निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गरे ।

सभापतिमा पुनःनिर्वाचित भएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रुपमा चिनिन्छ । त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गरेका थिए । उनि गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट उम्मेदवार थिए ।रासस

प्रकाशित मिति : असार ३, २०८३ बुधबार  ७ : ५९ बजे