अख्तियारका पदाधिकारीलाई ‘प्रधानमन्त्री कार्यालयमा थुन्ने’ धम्की दिएको चर्चाबारे सांसदले मागे जवाफ



काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुखसहित पदाधिकारीलाई थुन्ने धम्की दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले उक्त विषयमा प्रधानमन्त्रीको कार्यालयको ध्यानाकर्षण गराए ।

‘संवैधानिक निकायका प्रमुख अख्तियार दुरुपयोग आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने । नत्रभने प्रधानमन्त्री कार्यालयभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ’, सांसद केरुङले भने ।

यो विषयमा प्रधानमन्त्री बालेन स्वयमले संसद्लाई जानकारी गराउनुपर्ने र प्रधानमन्त्रीले प्रष्ट नपारे छानबिन समिति बनाउन उनले माग गरे।

प्रकाशित मिति : असार ४, २०८३ बिहीबार  १२ : १६ बजे