काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा विचाराधीन ‘सुप्रिम सहकारी ठगी प्रकरण’ को तारेख काठमाडौं जिल्ला अदालतमा पुगेर बुझेका छन्।
सहकारी ठगी तथा रकम अपचलन सम्बन्धी मुद्दाको नियमित कानुनी प्रक्रिया अन्तर्गत उनी अदालत पुगेका हुन् ।
हुन त लामिछानेले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था थियो । तर, रुपन्देही जिल्ला अदालतले उनको व्यावहारिक सहजता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै काठमाडौंमै तारिख बुझ्न अनुमति दिएको थियो । सोही विशेष अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर आफ्नो तारिख नवीकरण गराएका हुन् ।














