रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन



काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्।

उनी केहीबेरअघि मात्रै परिवारसहित भरतपुर विमानस्थलमा ओर्लिएका हुन्।

विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री शाह आफैँले छोरीलाई काखमा बोकेका तस्बिर र दृश्यहरू देखिएका छन्।

आज अपराह्न भव्य रूपमा सुरु हुने रास्वपाको यस ऐतिहासिक महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : असार ७, २०८३ आईतबार  ११ : ५६ बजे