रास्वपाको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन राजेन्द्र लिङ्देन चितवन पुगेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङ्देन रास्वपाको निमन्त्रणामा भरतपुर पुगेका हुन्।

महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु भएर असार ९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : असार ७, २०८३ आईतबार  १२ : ०३ बजे