बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा



काठमाडौं । ब्रिटिश प्रधानमन्त्री कियर स्टार्मरले सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका छन्।

डाउनिङ स्ट्रीटबाहिर उभिएर पदत्याग गर्ने घोषणा गर्दा उनले पदमा बहाल हुँदा आफूले गरेका सबै निर्णय ‘आफूले माया गर्ने देशलाई अगाडि राखेर’ गरेको बताए।

स्टार्मरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्म पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने ठानिएको छ। तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसम्म कुर्नुपर्ने छ।

दुई वर्षअघि पार्टीभित्र भएको निर्वाचनबाट स्टार्मर प्रधानमन्त्री पदका लागि चुनिएका थिए।राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू नेतृत्वमा आउँदा लेबर पार्टी ‘राजनीतिक,आर्थिक र नैतिक रूपमा टाट पल्टिएको’ अवस्थामा भएको बताए।

स्टार्मरले आफूलाई ‘पटकपटकू पार्टी ‘सकियोू भनिएको तर आफूले ‘ती मानिसहरूलाई गलत साबित गरिदिएकोू बताए।

उनले ‘यहुदीविरोधी भावनाको विषलाई जरैदेखि उखेलेरू पार्टीलाई परिवर्तन गरेको दाबी गरे। ‘अर्थतन्त्र, रक्षा र राष्ट्रिय सुरक्षामा विश्वास पुनस्स्थापित गर्दै,’ उनले भने।

सोमवार एन्डी बर्नम सांसद पदमा बहाल हुन वेस्टमिन्स्टर जाने छन्।आफ्नो पार्टीले ‘के अर्को निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उनी सबैभन्दा उपयुक्त पात्र हुन् त?’ भन्ने प्रश्न सोधेको भन्दै स्टार्मरले आफूले त्यसको ‘उत्तर सुनिसकेकोू र ‘त्यसलाई सहर्ष स्वीकार गर्ने बताए।

उनले आफ्नो प्रत्येक निर्णय ‘आफूले माया गर्ने देशलाई सधैँ पहिलो प्राथमिकतामा राखेर’ लिएको बताए। ‘म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु,’ उनले भने। बीबीसिबाट

प्रकाशित मिति : असार ८, २०८३ सोमबार  ३ : ३९ बजे