काठमाडौँ । नेकपा (एमाले)को संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।
यस्तै, एमाले केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आोलीको निवास, गुण्डुमा बस्ने कार्यक्रम रहेको छ।
बैठकमा सममसामयिक राजनीतिक घटनाक्रमसँगै उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।














