रास्वपाको बन्द सत्र सुरु



चितवन । भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो।

बन्द सत्रलाई सभापति लामिछानेले सम्बोधन गरे ।हिजो बिहान सुरु गर्ने भनिए पनि महाधिवेशन प्रतिनिधि संख्याबारे निर्णय हुन नसकेपछि ढिलाइ भएको थियो ।

बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : असार ९, २०८३ मंगलबार  ३ : ५५ बजे