काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका प्रतिनिधिले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर काम गर्ने जानकारी दिएका छन्। प्रतिनिधिले जिल्लामा उपस्थित भई सदस्यता वितरणको समन्वय र सहजीकरण गर्नेछन्।
पार्टीले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै नयाँ सदस्यता वितरण अभियानलाई संगठन सुदृढीकरण र युवा सहभागिता विस्तारसँग जोडेर अघि बढाएको जनाएको छ।


















