काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न माग गरिएको छ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पक्रपाउ गरि मंगलवार ५ दिनको म्याद थप गरेको थियो ।
पौडेललाई सोमवार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाडीमा राखेर काठमाडौं ल्याइएको थियो ।














