यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान, २ लाख २६ हजार जना जोखिममा



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको जनाएको छ ।

यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने र करिव २ लाख २६ हजार विपद्को जोखिममा रहेको प्राधिकरणकी सूचना अधिकारी शान्ती महतले बताइन् ।

यही असार ५ गते ९शुक्रवार० कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझैपनि कोशी प्रदेशमै कमजोर अवस्थामा रहेको छ । मनसुन देशभर सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

मनसुनजन्य विपद्बाट हुने क्षति न्युनिकरण तथा प्रतिकार्यको लागि आवश्यक पूर्वतयारी भइसकेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : असार १०, २०८३ बुधबार  ७ : ३२ बजे