जगदीश खरेलले लिए महामन्त्रीबाट उम्मेदवारी फिर्ता



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन्।

सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको दाबीबाट पछि हटेको उनको भनाइ छ ।

केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

खरेलले सामाजिक फेसबुकमा लेखेका छन्, ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु । लामो बाटो तय गर्नुछ ।’

प्रकाशित मिति : असार १२, २०८३ शुक्रबार  १० : ४९ बजे