काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको विषय गम्भीर र आश्चर्यजनक रहेको बताएकी छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ विपरीत रास्वपाले बालबालिकालाई पार्टीको सदस्य बनाएको आरोप लगाइन्। उनले उक्त विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै कानुनअनुसार कारबाही हुनुपर्ने वा नपर्ने भन्ने प्रश्न समेत उठाइन्।
‘रास्वपाको पहिलो महाधिवेशनमा विजय हुनुभएका सबैलाई बधाई दिन्छु । तर, महाधिवेशनमै घोषणा गरिएको एउटा तथ्यांकले भने गम्भीर आश्चर्यमा पारेको छ । रास्वपाले ३५ हजार २ सय ५७ जना १८ वर्षमुनिका बालबालिकालाई सदस्यता दिएको रहेछ । नेपालको संविधान र कानूनअनुसार १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउन पाइँदैन । त्यसो गरिएमा ८० हजार जरीवाना र ३ वर्ष कैद सजायको व्यवस्था छ । के सत्तारुढ दलद रास्वपालाई संविधान र कानूनले छुँदैन रु रास्वपा संविधानभन्दा माथि हो रु बालबालिकालाई सदस्य बनाएर उनीहरुले हालेको भोटले निर्वाचित पदाधिकारी र सदस्यहरु बैधानिक हुन्छन् कि हुँदैनन्’, उनले भनीन् ।














