विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न एमालेको माग



काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसुर रहेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पुष्प कँडेलले पौडेलको रिहाइ गर्न माग गरेका हुन् ।

‘उहाँको गिरफ्तारी गत चैतमा केपी शर्मा ओलीमाथिको प्रतिशोधी गिरफ्तारीको अर्को रुप हो । सरकारले सम्पत्ति शुद्धिकरण वित्तीय कारवाही कार्यदललाई उच्च ओहदाका मान्छेलाई समातेका छौं भन्ने देखाएर आफ्नालाई उन्मुक्ति दिएको छ । यो गिरफ्तारी सम्पूर्ण विपक्षीलाई तर्साउन र एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित छ । विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमाथि प्रतिशोध साधिएको छ,’ कँडेलले भने ।

प्रकाशित मिति : असार १४, २०८३ आईतबार  १२ : २० बजे