महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसद्मा पेस



काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ ।

आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूचीअनुसार प्रतिवेदन पेश गर्न अनुमति दिएपश्चात प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सदनसमक्ष प्रश्तुत गरेकी हून् ।

मन्त्री गौतमले नेपालको संविधानको धारा २९४ बमोजिम महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन सदनमा पेश गरिन् ।

प्रकाशित मिति : असार १४, २०८३ आईतबार  १२ : ५३ बजे