स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा प्रवेश



काठमाडौं । फ्रान्स विश्वकपको प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ ।

स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुगेको हो ।

फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्‍यो। फ्रान्सको जितमा क्लेयिन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ४५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल उनले ७५ औँ मिनेटमा गरे ।

त्यसअघि ब्राड्ली बाराकोलाले गोल गरेका थिए । एम्बाप्पेले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले विश्वकपमा गरेको सर्वाधिक १९ गोलको रेकर्डसँग बराबरी गरेका छन् । जारी विश्वकपमा उनले पाँच गोल गरेका छन् ।

फ्रान्सले आगामी यात्राका लागि पाराग्वेसँग खेल्नेछ ।

चारपटकको विश्वविजेता जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : असार १७, २०८३ बुधबार  ८ : ०५ बजे