शपथ लिन घण्टीघर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य



काठमाडौँ, असार १७ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारीहरु र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि पार्टी कार्यालय पुगेका छन् ।

वनस्थलीस्थित पार्टी कार्यालयमा शपथ ग्रहण कार्यक्रमका चल्दै छ ।

अहिले पदाधिकारी र केन्द्रीय सदस्यहरु जम्मा हुन थालेका छन् । धेरै नेताहरु कार्यालय परिसरमा पुगिसकेका छन् । यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा चलेको महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय सदस्य तथा पदाधिकारी निर्वाचित गरेको थियो ।

बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् । रास्वपाको कुल १५८ सदस्यीय नयाँ समिति रहने छ ।

प्रकाशित मिति : असार १७, २०८३ बुधबार  १२ : २४ बजे