काठमाडौं, १८ असार । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट पत्रकार भण्डारीलाई पक्राउ गरेको हो ।
अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई २०८२ जेठ १ गते गाली बेइजती मुद्दामा १ महिना ७ दिन कैद सजाए र १२ हजार १०० जरिवानाको फैसला सुनाएको थियो।














