काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफनो सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन्।
दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्किएसँगै उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हून्।
अध्यक्ष राईले सरकारले केही गर्ने कोशिस गरेपनि जनताले महशुस हुनेगरी परिणाम दिन नसकेको दाबी गरे ।
‘कोशिस उहाँहरुले गर्नुभएको हो। तर रिजल्ट चाहीँ जनतालाई त्यति महशुस भएको छैन। रिजल्ट भएको महशुस हुनुपर्दछ। महंगीहरु धेरै भयो। अब महंगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो’, उनले भने ‘म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन। अब हेर्न पनि पाइँदैन। पेट्रोलको भाउ अलि घटयो रे भन्ने छ।’
उनले महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरुले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए । सरकारले सय दिनमा गरेका कामहरुको जनताले महशुस गरेजस्तो आफ्नो अनुभुति नरहेको अध्यक्ष राईको भनाई छ ।














