चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु



चितवन, असार २१ । चितवनमा शनिबार राती जंगली हात्तीको आक्रमणमा आमा छोराको मृत्यु भएको छ ।

शनिबार राती ११ बजेको समयमा भरतपुर महानगरपालिका-२३ बेलहट्टा स्थित पुर्ण बोटेको घरमा आएको हात्तीले उनको श्रीमती र छोरा माथी आक्रमण गरेको थियो ।

घरमा सुतिरहेकै अवस्थामा हात्तीले आक्रमण गर्दा घटनास्थलमै बोटेको श्रीमती बर्ष २५ की आशिका बोटे र उनको छोरा बर्ष ४ का भरत बोटेको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

यस्तै श्रीमानले हात्ती धपाउनको लागी आगो बाल्ने क्रममा कच्ची घरमा समेत आगोलागी भएको छ । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएको थियो ।यसैबीच घटना पछि शनिबार राती नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समुदाय बीच छलफल भएको छ ।

प्रकाशित मिति : असार २१, २०८३ आईतबार  १० : २७ बजे