देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या



काठमाडौं, असार २१ ।देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४।९ प्रतिशत सम्पन्न भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर ‘१५.३३ प्रतिशत’ क्षेत्रमा धान रोपाइँ भएको छ ।

मधेश प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर ‘१५.६४ प्रतिशत’ क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर ‘३३.२१ प्रतिशत’ क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर ‘३८.३३ प्रतिशत’ क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर ‘२०.८० प्रतिशत’ क्षेत्रमा धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर ९२८.१५ प्रतिशत० क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ । त्यहाँ १ लाख ५४ हजार ‘५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टर ९५७.९२ प्रतिशत’ क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।यस वर्ष भने मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा धान रोपाइँको गति सुस्त रहेको देखिएको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

प्रकाशित मिति : असार २१, २०८३ आईतबार  १ : ५९ बजे