एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।

यस वर्षको एसईई पूरक परीक्षा असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो।

बोर्डका अनुसार नियमित एसईई परीक्षामा नन–ग्रेडेड भएका एक लाख ४६ हजार ५०७ परीक्षार्थी पूरक परीक्षामा सहभागी हुने योग्य थिए।

प्रकाशित मिति : असार २३, २०८३ मंगलबार  १० : ५७ बजे